बीपीसीद्वारा बीबीएका विद्यार्थीहरुको बिदाई

12

संतोष रन्जितकार
वीरगंज, ७ मंसिर ।
वीरगंजको होटेल भिस्वामा वीरगंज फब्लिक कलेजद्वारा आयोजित एक कार्यक्रम बीच बीबीए चौथो वर्षका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । कार्यत्रममा कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्व विद्यालयका पूर्व रजिष्ट्रार दिपक बहादुर भण्डारी रहनु भएको थियो । पूर्व रजिष्ट्रार भण्डारीले कलेजका विद्यँर्थीहरुलाई आउने दिनहरुमा शिक्षादिक्षाको सदुपयोग गरी देशको विकास गरेर देखाउन भन्दै विद्यार्थीहरुलाई सफलताको कामना समेत व्यक्त गर्नुभएको थियो ।
सो बिदाई कार्यक्रममा ६० जना विद्यार्थीहरुलाई बिदाई गरिएको निर्देशक डा. शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा बीपीसीका अध्यापक बासु कर्ण, अरबिन्द श्रेष्ठ, बिनय श्रेष्ठ, विद्यार्थीहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण बीपीसीका रितु कर्णले गर्नु भएको थियो ।