संतोष रन्जितकार
वीरगंज, ७ मंसिर ।
बीरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा राष्ट्रिय जनता पार्टीले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।
सो पार्टी प्रवेश हरेराम गुप्ताको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा फ्रवेश गर्ने व्यक्तिहरुलाई टिका र माला लगाई स्वागत गरिएको थियो ।
कार्यत्रममा राजपा पर्साका अध्यक्ष राजेश मान सिंह, वरिष्ठ नेता प्रेम बाबू पटेल, उपाध्यक्ष मदन प्रसाद यादव, सह–सचिव मायाशंकर सर्राफ, महानगर समितिको कोषाध्यक्ष अफरोज आलम, महानगर युवा अध्यक्ष राजु गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विधार्थी नेता अमित यादवले गरेका थिए ।