दण्डहिनताको घटनाप्रति हामीलाई लड्नुपर्छ ः उपाध्यक्ष लामिछाने

3

संतोष रन्जितकार
वीरगंज, ८ मंसिर ।
दण्डहिनता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार नेपाल पत्रकार महासंघ प्रदेश २ को आयोजनामा वीरगंजमा प्रेस स्वतन्त्रता र्‍याली तथा कोण सभा सम्पन्न भएको छ ।
सो र्‍याली वीरगंजको घण्टाघरबाट निस्केर माईस्थान, महाबिरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।

सभामा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले प्रेस स्वतन्त्रताको घटना बढदै गएको प्रति चिन्ता व्यक्त्त गर्नुभएको थियो । उहाँले अझै पत्रकारहरु सुरक्षित महसुस गरिरहेको अवस्था नभएको बताउदै विगतमा २७ जना पत्रकारको हत्या भए पनि अझै पिडितले न्याय पाइसकेका छैनन्, राज्यले दोषीलाई दण्डदिएको अवस्थामा मात्र जनताले दण्डहिनता भएको महसुस गर्ने छन् । त्यही भएर अझै धेरै चुनौती र दण्डहिनताको घटना छन्, त्यस बिरुद्ध हामीलाई लडनु पर्ने र राज्यले हाम्रो सुरक्षाको ब्यवस्था मिलाउनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा गिता भण्डारी, कमल चौगाईले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु प्रसाद गौतमले गरेका थिए ।