निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न

6

संतोष रन्जितकार
वीरगंज, ८ मंसिर ।
गौतम मावि, नारायणी वयोधा अस्पताल र माट्रीका आई फाण्डेशनको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य तथा आंखा शिविर सम्पन्न भएको छ ।
गौतम स्कुलले पर्साको पटेर्वा सुगौलीको लक्ष्मीपुर वडा नं. २ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको रंगरोगन तथा सजावट गरेको थियो भने वयोधा अस्पताल र माट्रीका आई फाउण्डेशनको सहयोगमा निःशुल्क आंखा शिविर तथा स्वास्थ्य शिविर सम्पन्न भएको थियो । गौतम मा.वि.का कार्यकारी निर्देशक सोनम लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पटेर्वा सुगौली गा.पा.का उपाध्यक्ष ममता महतो रहनु भएको थियो ।
सो निःशुल्क स्वास्थ्य शिविर नारायणी वयोधा अस्पताल र माट्रीका आई फाउण्डेशनको सहयोगमा निःशुल्क आंखाको चेकजाँच गर्नुको साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

गौतम माविका कक्षा १० का १४० जना विद्यार्थीहरुले आफ्नो खाजाको पैसा जम्मा गरेर सो आधारभूत विद्यालयका भवनहरुलाई रंगरोगन गर्नुको साथै सजावट समेत गरेका थिए ।
त्यसैगरी आंखा शिविरमा १०० जना भन्दा बढीले आफ्नो आंखाको चेकजांच गराई शिविरको लाभ लिएका थिए भने स्वास्थ्य शिविर तर्फ २०० भन्दा बढीले बालरोग, अर्थो, फिजिसियन, गाईनो सम्बन्धी चेकजांच गराएका थिए ।

शिविरमा आधारभूत विद्यालयका प्रधानाध्यापक द्वारिका प्रसाद उपाध्याय, गौतम स्कुलका रमेश शर्मा, गणेश क्षेत्री, ललित कर्ण, सौरज प्रधान, ममता श्रेष्ठ, माट्रीका आईफाउण्डेशनका डा. महेश सिंह धामी, वयोधा अस्पताका डा. श्याम गुप्ता, डा. अशोक कुमार, डा. बिनोद, डा. उरुषा, व्यवस्थापक दिपेन्द्र श्रेष्ठ लगायत संचारकर्मी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।