पशुपति क्षेत्र बिकास कोषको सञ्चालक परिषदको सदस्य पदमा जैन नियुक्त

7

संतोष रन्जितकार
बीरगंज ८ मंसीर ।
बीरगंजका युवा उद्यमी बिश्वकरण जैन पशुपति क्षेत्र बिकास कोषको सञ्चालक परिषदको सदस्य पदमा नियुक्त हुनुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले उहाँलाई कोषको सदस्यमा नियुक्त गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मंत्री योगेश भट्टराईले जैनलाई परिषदको सदस्यमा नियुक्त गर्नु भएको हो ।
मारवाडी युवा मंच, राउण्ड टेबल र बिद्यार्थी कालमा बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा सह सचिव समेत रहनु भएका जैन संगठन संचालन तथा ब्यवस्थापनमा बिशेष दखल राख्नु हुन्छ ।
मन्त्री भट्टराईले कोषको संचालक समितिमा बिशेष गरि काठमाण्डौ बाटै कोषमा प्रतिनिधित्व हुने परिपाटीमा सुधार गर्दै क्षमतावान र युवा ब्यक्तिलाई समेटेर कोष संचालनको प्रारम्भ गर्नु भएको थियो । यो मनोनयनले पशुपती कोष संचालनको प्रबन्ध समितिमा बीरगंजको समेत सम्भवतः पहिलो पटक प्रतिनिधित्व भएको छ ।