फरार प्रतिवादी पक्राउ

12

संतोष रन्जितकार
वीरगंज, ९ मंसिर ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्लको कमाण्डमा खटेको प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२५ डेरा गरी बस्ने बारा प्रसौनी गाउँपालिका–१ घर भएका ३४ वर्षीय उमेश राउतलाई जिल्ला अदालत पर्साको २०७३ जेठ ३१ गतेको फैसलाले बालविवाह मुद्दामा १ बर्ष ३ महिना कैद र ५ हजार रुपैयाँ सजाय ठहर भएपछि उनी फरार रहदै आएका थिए । श्रीपुरको प्रहरी निरिक्षक मल्लको टोलीले राउतलाई आफ्नै डेरामा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेका राउतलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।