वडा प्रहरी कार्यालय श्रीपुर मार्फत गरिब असहायहरुलाई कम्बल सहयोग

45

संतोष रन्जितकार
वीरगंज, ९ मंसिर ।
रोट्रेक्ट क्लब अफ वीरगंजले गरिब असहायहरुको लागि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्ष्कँ चक्रबहादुर मल्ललाई ४ थान कम्बल हस्तान्तरण गरेको छ ।
बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै गरिब तथा असहायहरुलाई सो चिसोबाट जोगिनको निम्ति क्लबले वडा प्रहरी कार्यालय श्रीपुर मार्फत असहायहरुलाई सहयोगको निम्ति ४ थान कम्बल हस्तान्तरण गरेको हो ।
रोट्रेक्ट क्लब अफ वीरगंजका सचिव आयुष गुप्ताको अगुवाईमा सो कम्बल हस्तान्तरण गरिएको थियो र भोलीका दिनहरुमा पनि यस कार्यलाई निरन्तरता दिइराख्ने क्लबका सचिव गुप्ताले बताए । ऊक्त कार्यत्रममा रोट्रेक्ट क्लबका कोषाध्यक्ष प्रकाश गुप्ता, योगेश जयसवाल, रोहित साह, कन्हैया गुप्ता, राजन गुप्ता लगायतको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/