१३ करोडको लागतमा तिलावेको बाँधको शिलान्यास सम्पन्न

5

संतोष रन्जितकार
वीरगंज, ९ मंसिर ।
पर्सागढी नगरपालिकाको वडा नं. ९ मा रहेको तिलावे अर्गना सिचाईको भूमि पुजा तथा पक्की बाँध शिलान्यास आइतबार सम्पन्न भएको छ ।
पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले सो तिलावे अर्गना सिचाईको भूमि पुजा, गंगा पूजा र पक्की बाँध शिलान्यास गरेका हुन् ।
२००७ साल देखि यो पर्सागढी र बहुदरामाईका किसानहरुले कच्ची बाँच बाँधेर सिचाई गर्दै आइरहेका थिए भने यो सिचाई आयोजनाबाट पच्चिस सय बिगहामा सिचाई हुने र यो बाँध निर्माणको ठेक्का मृत संजिवनी प्रा. ली.लाई दिइएको मेयर यादवले बताए ।
सो बाँध लगभग १३ करोडको लागतमा निर्माण भइरहेको र उक्त निर्माण कार्य दुई वर्ष भित्रमा सम्पन्न हुने ठेकदार रामनरेश प्र. कुशवाहाले जानकारी दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष किशोरीलाल राउत अहिर, राजेश प्रसाद यादव, शंकर प्रसाद यादव, हरिनारायण यादव, नगिना पटेल, भरत पटेल, भिम सहनी लगायतको सहभागिता रहेको थियो ।