अवैध छोहडा सहित चालक पक्राउ

28

बारा, ११ मंसिर ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको आर्दशकोतवाल गाँउपालिका–६ मा छोहडा सहित चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका वडा न. ६ बस्ने साने राईको छोरा बर्ष २३ को सुजन राई रहेका छन् । राईले चलाएर आएको ना.४ च.१७०८ नम्बरको पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाडीमा अन्दाजी २५२० किलो छोहडा शंकास्पद अवस्थामा फेला परेको थियो । प्रहरीले बरामद गरिएको छोहडा, गाडी तथा गाडी चालकलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया बारामा पठाईएको जनाएको छ ।