किशोरी सचेतना तथा साईबर क्राइम सम्बन्धी प्रशिक्षण

28

संतोष रन्जितकार
वीरगञ्ज, १० मंसिर ।
सामुदायिक प्रहरी साझmेदारी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार वीरगंजको कन्या माविमा किशोरी सचेतना तथा साइबर त्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो प्रशिक्षण जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वीरगंज युवा समाजको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापा रहनु झएको थियो ।
कार्यक्रममा साइबरत्राइम बारे वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले कक्षा ६ देखि १० सम्मका ५०० जना छात्रा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए भने डा.दिप्ती यादव र डा.प्रिती यादवले महिनावारीको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
सामाजिक सञ्जालको दुरुपयोगमा विद्यार्थिहरुको संलग्नता रहेको पाइएको हुादा साथै महिनावारीमा किशोरीहरु सचेत नहुादा विभिन्न रोगबाट संक्रमित हुने भएकोले विद्यार्थी छात्राहरुलाई सचेत गराऊने लक्ष्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यत्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुँवर, त्रिचन्द्र कलेज काठमाडौंका पुर्व स्वयु सभापति राम किशोर सिंह (पराग), मानव सेवा आश्रम प्रदेश २ का संयोजक देवेश गुप्ता, शिक्षक शिक्षाका र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण वीरगंज युवा समाजका सचिब हेमन्त तामांग र प्रहरी हवल्दार राजकुमारी थापाले गर्नुभएको थियो ।
यस अघि त्रिजुद्व मा वि, मुनलाईट मा वि र ज्ञान ज्योति माविमा प्रशिक्षण कार्यक्रम सम्पन्न भईसकेको छ ।