ठाकुरराममा प्रहरी र विद्यार्थी बीच झडप हुंदा विद्यार्थी संगठनका नेताहरु घाइते

ठाकुररामका विद्यार्थी संगठनका नेताहरुले सहायक प्रमुखलाई सभाकक्षमै २ घण्टा थुने

16

संतोष रन्जितकार
वीरगंज, ११ मङ्सिर ।
वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा प्रशासनले मनोमानी ढंगबाट प्रक्रिया नै पुरा नगरी शिक्षक र कर्मचारी नियुक्त गरेपछि सो कर्मचारीहरुको खारेजीको माग गर्दै बुधबार दिउँसो क्याम्पस प्रांगणमा विरोधमा उत्रिएका विद्यार्थीहरु माथि प्रशासनले प्रहरी लगाएर कुटपिट गराएको छ ।
कुटपिटबाट राष्ट्रिय विद्यार्थी संघ पर्साका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफ, संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, विद्यार्थी नेता सागिर अलि, अर्यन कुमार, नितेश पटेल घाईते भएका छन् ।
घाइते विद्यार्थीहरुको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको संघका जिल्ला उपाध्यक्ष सुमित चौरसियाले जानकारी दिए । चौरसियाले विद्यार्थीहरुले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरिरहेको बेला प्रशासनले प्रहरी लगाएर विद्यार्थीहरुलाई धपाउन खोज्दा प्रहरी र विद्यार्थी बीच झडप भएको र सो झडपमा प्रहरीको प्रहारबाट विद्यार्थीहरु घाईते भएको उनले बताए ।
विद्यार्थी संगठनहरुले क्याम्पसको विभिन्न शाखाहरुमा ताला लगाएको बेला क्याम्पस प्रशासनले फर्जी कागजात बनाई कुनै प्रतिस्पर्धा नै नगरी आफ्mना नातेदार र निकटका व्यक्तिहरुलाई नियुत्त गरेको आरोफ लगाएका थिए ।
राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले आवश्यकता समेत नरहेको स्थानहरुमा कर्मचारी नियुक्त गरिएको बताए । ॅकर्मचारी नियुत्तिमा त् समस्या छदै छ, तर आवश्यकता नरहेको पदमा समेत कर्मचारी र शिक्षक नियुक्त गरिएको छ । चौरसियाले यो ॅक्याम्पसको ढुकुटी रित्याउने चलखेल हो, हामीले विरोध गर्दा प्रहरी लगाएर हामी माथि आक्रमण गराईयो, हामी शान्त बस्ने छैनौं ।’ क्याम्पस प्रशासनले विभिन्न फदमा ९ व्यक्तिको नियुत्ति गरेको छ ।
त्यसैगरी नियुक्तिको विषयलाई लिएर विद्यार्थी संगठनहरुले ठाकुरराम बहुमुखी क्याम्पसका सहायक प्रमुखलाई २ घण्टा क्याम्पसमा थुनेका छन् । सहायक क्याम्पस प्रमुखद्धय प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन शाखा प्रमुख राजकुमार श्रीवास्तवलाई विद्यार्थीले क्याम्पसको सभाकक्षमा बुधबार तालाबन्दी गरी थुनेका हुन् ।
समाजशास्क्रमा नियुत्त भएकी दिप्ती कटवाल सहायक क्याम्पस प्रमुख रोशन लामिछानेकी श्रीमती हुन् भने अर्को पदमा नियुक्त भएकी रितिका जैसवालले ६ महिनाअघि केही दिन ठाकुरराम क्याम्पसमा अध्यापन गराएकी थिइन् । समाजशास्त्र विभागमा २ जना आंशिक शिक्षक नियुक्त गरिएपनि विभागीय प्राध्यापकसँग सल्लाह गरिएको छैन ।