पूर्वमन्त्री निधिद्वारा कुस्ती प्रतियोगिताको उद्घाटन

6

संतोष रन्जितकार
वीरगंज, ११ मंसिर ।
पर्साको पोखरीयामा एक दिने बिशाल कुस्ती प्रतियोगिताको उदघाट्न सम्पन्न भएको छ । सो कुस्ती प्रतियोगिताको पूर्वमन्त्री विम्लेन्द्र निधिले रिबन काटेर उदघाटन गर्नु भएको थियो ।
कुस्ती समारोहलाई स्वागत गदै कुस्ती खेलाडीहरु माथि हेलिक्पटरद्धारा फुल समेत खसालिएको थियो । सो कुस्ती प्रतियोगितामा भारतका कुस्ती खेलाडीहरुले समेत सहभागिता जनाएका थिए भने उक्त प्रतियोगिता भारत र नेपालका खेलाडीहरु बिच भइरहेको एक दर्शकले जानकारी दिए ।
समारोहका अतिथिमा हरिनारायण रौनियार, नेपाली काँग्रेसका केन्द्रिय सभापति अजय कुमार द्विवेदी, कुलमान अँसारी, पोखरिया नगरपालिकाको नगरप्रमुख दिपनारायण रौनियार, पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी लगायत संचारकर्मी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।