प्रहरी हुँ भन्दै धम्क्याई पैसा असुलने व्यक्ति प्रहरीको नियन्त्रणमा

8

संतोष रन्जितकार
वीरगंज, ११ मंसिर ।
वीरगंज महानगरपालिका वडा नं. ५ बस्ने दिव्यप्रकाश चतुर्वेदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ५ बस्ने स्व. जयप्रकाश चतुर्वेदीको छोरा वर्ष २७ को दिब्यप्रकाश चतुर्वेदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । बुधबार करिब १० बजेको समयमा दिब्यप्रकाश चतुर्वेदीले मकवानपुर उप–महानगरपालिका वडा नं. ९ बस्ने अनन्त खतिवडासंग म क्राइम ब्रान्च पर्साका प्रहरी निरिक्षक हो भनी हप्काई रकम असुल गर्न खोजेपछि खतिवडाले मकवानपुर प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि मकवानपुर प्रहरीले उक्त स्थलमा पुगी चतुर्वेदीलाई नियन्त्रणमा लिएका थिए । सो सम्बन्धमा मकवानपुर प्रहरीले खोजबिन गर्दा निज दिब्य प्रकाश चतुर्वेदी माथि जि.प्र.का.पर्साको मिति २०७५।१२।३० गतेमा मु.द.नं.५२३ मा हा.ह.ख.ख.कसुरमा सम्मानित पर्सा जिल्ला अदालतको आदेशले रु.१,००,०००।– (एक लाख) धरौटीमा छुटेको जानकारी गराएको छ । साथै उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो ।