संबिधान संसोधनको लागि मधेशी जनताको आहुती दिलाउने यादव वर्तमान सरकारमा गएर चुप लागेर बसेको नेता रिजालको अरोप

22

संतोष रन्जितकार
वीरगंज, ११ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेकपा र समाजवादी पार्टीको अराजक गतिविधि रोक्न मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको जित आवश्यक रहेको बताएका छन् ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा बुधबार भएको नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेता रिजालले यस्तो बताएका हुन् । नेता रिजालले उपनिर्वाचनको जितले खासै केही नभए पनि सत्ताधारी दल नेकपा र समाजवादीको घमण्ड तोड्न र उनीहरुले बढाएको अराजक गतिविधिहरुलाई नियन्त्रण गर्न सकिने बताए । उनले सरकारले बढाएको भ्रष्टाचार, बलात्कार, हिंसा र मह·ी र जनताको ढांड सेक्ने गरी लगाइएको करलाई समेत नियन्त्रण गर्न सकिने चर्चा गरे ।
उपेन्द्र यादवले मधेशी जनताको लासमा राजनिती गरिरहेको बताउदै रिजालले कांग्रेसको जितले नै त्यस्ता नेताबाट मधेशलाई बचाउन सकिने दावी गरे ।
संबिधान संसोधनको लागि मधेशी जनताको आहुती दिलाउने उपेन्द्र यादवले सत्तामा नहुन्जेल केपि ओलीलाई गाली गर्ने गर्थे तर हाल यादव उनकै नेतृत्वको सरकारमा सामिल भई चुप लागेर बसेको नेता रिजालले आरोप समेत लगाएका थिए । नेपाली कांग्रेसले संविधान संसोधनको गर्ने उनको भनाई रहेको थियो ।
नेपाली कांग्रेस महुवनका बुथ सभापती जुगेश्वर यादवको अध्यक्षतामा भएको चुनावी सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पुर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, शंकर चौधरी, क्षेत्रीय सचिव श्रीकान्त यादव, विद्यार्थी नेता जीवन सापकोटा, स्थानिय नेता नीर गिरी लगायत नेता कार्यकर्ता तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।