ॅतराई मधेशको समस्या समाधानका लागि कुनै कसर बाँकी राखिँदैन’ ः अध्यक्ष दाहाल

16

कलैया, १० मङ्सिर (रासस) ः
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ॅप्रचण्ड’ ले तराई मधेशको समस्या समाधान गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
बाराको निजगढमा नेकपाको बृहत् सभा तथा प्रदेश नं २ का राष्ट्रिय गौरवका योजनाहरुलाई कार्यान्वयन गर्ने कार्यक्रममा पूर्वप्रधानमन्त्री दहालले केही वर्ष पहिला मधेशसँग परेको ॅलभ’लाई सानदार ढ·ले निभाउने भन्दै मधेश र मधेशीको दुःखहरु सदाका लागि समाप्त गर्ने फ्रतिबद्धता व्यत गर्नुभयो ।
तराई मधेशको विकासका लागि संघीय सरकारसमेत लागिपरेको बताउँदै आफूले पनि सरकारलाई दबाब सिर्जना गर्ने बताउनुभयो । बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिँचाइ, मलखादको प्रबन्ध गर्नका लागि आफू पूर्णरूपमा कटिबद्ध रहेको बताउँदै अध्यक्ष दहालले चाँडै नै मधेशको मुहार फेर्ने गरी कामको थालनी गरिने जानकारी दिनुभयो । तराई मधेशमा विकास र समृद्धि नभई मुलुकको विकासले फड्को नमार्ने बताउँदै समृद्धिको यात्रातिर लम्कने अध्यक्ष दाहालको भनाइ थियो ।
तराई मधेशको ॅलाइफलाइन’ भनेको हुलाकी राजमार्ग रहेको भन्दै त्यसका कामहरु पनि तीव्ररुपमा गर्ने विश्वास दिलाउनुभयो । फरक प्रस·मा पूर्वप्रम दहालले आफू प्रधानमन्त्री हुँदा द्रुतमार्गको शिलान्यास गरेको उल्लेख गर्दै भन्नुभयो, अहिले नेपाली सेनाले सो कामलाई तीव्ररुपमा अगाडि बढाइरहेको देखेर म निकै खुशी भएको छु ।
अन्तर्र्ष्ट्रािय विमानस्थल बारामा नै बन्ने ठोकुवा गर्दै अध्यक्ष दहालले ट·िया बस्तीको व्यवस्थापन निकै चुनौती भए पनि त्यसलाई चाँडै नै व्यवस्थापन गरी अन्तर्र्ष्ट्रािय विमानस्थल बनाउने काम शुरु गर्ने फ्रतिबद्धता व्यत गर्नुभयो ।