बिरामीहरुलाई आवश्यक परेको बेला रगत उपलब्ध गराऊन रक्तदान कार्यत्रमको आयोजना

16

संतोष रन्जितकार
बीरगंज १२ मंसीर ।
निजी क्षेत्रबाट सञ्चालीत प्रभु अस्फतालले बिहिबार रक्तदान कार्यत्रमको आयोजना गरेको छ । बीरगंज पब्लिक कलेजका संस्थापक निर्देशक डा.दीपक शाक्यले रक्तदातालाई ब्लड फ्याकेट दिएर रक्तदान कार्यत्रमको शुभारम्भ गर्नु झएको हो । सो रक्तदान कार्यत्रममा २२ महिला सहित १ सय २२ जनाले रक्तदान गरेका थिए ।
रगतको अभावको कारणले कतिपय मानिसहरुको ज्यान जाने कुरालाई लक्षित गरी र भविष्यमा प्रभु अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको आवश्यक परेमा अस्पतालले नै उपलब्ध गराउने ऊद्देश्यले यो रक्तदान कार्यत्रमको आयोजना गरिएको अस्पतालका अध्यक्ष डा.मनोज गुप्ताले बताएका थिए ।
रक्तदान गर्नेहरुमा नवराज घिमिरे, रविन्द्र साह, आरती कुमारी, मनोज कुमार साह, पूजा साह, संज्ञा थाफा, राम श्रेष्ठ लगायतका व्यक्तिहरु रहेका थिए ।
कार्यत्रमा अस्पतालका संचालक डा.लक्ष्मी थापा, नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे, नेपाल रेडक्रस सोसाइटी पर्साका श्रीमति मधु राणा लगायत समाजका बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको सहझागिता रहेको थियो ।
रक्तदान कार्यत्रममा नेपाल रक्तसंचार केन्द्रका धिरेन्द्र झाको नेतृत्वमा रहेको टोली र नर्सिङ क्याम्पसका छात्राहरुको टोलीले प्राविधिक सहयोग फुर्‍याएका थिए । रक्तदान कार्यत्रमको संचालन अस्पतालका प्रशासकीय अधिकृत लक्ष्मी खरेलले गर्नु भएको थियो ।