महिला नेतृत्व क्षमता विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न

26

अमित वर्णवाल
वीरगंज, ११ मंसिर ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. २ सम्भौतामा बुधबार महिला नेतृत्व क्षमता विकास सम्बन्धी ३ दिने तालिमको समापन भएको छ । नेपाल मुस्लिम संघको आयोजना र छिपहरमाई गाउँपालिकाको सहयोगमा सो तालिम सम्पन्न भएको हो । सो तालिमको उद्घाटन तथा समापन वडाअध्यक्ष महेन्द्र साह कलवारले गरेका थिए भने तालिममा उमेश मिश्र र साबिर अहृमदले महिलाहरुको क्षमता विकास कसरी गर्ने सम्बन्धमा प्रशिक्षण दिएका थिए । सो तालिममा ४४ जना महिलाहरुले सहभागिता जनाई तालिम लिएका थिए ।
नेपाल मुस्लिम संघका अध्यक्ष शुभम मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भु.पु. मुखिया प्रहलाद साह कानु, वडा सदस्य सकुर मियाँ, दुखनी देवी, बासदेव साह, मोतीलाल यादव, फईयाद मियाँ, अफरोज मियाँ, सुनिल कुमार, संजय साह र स्थानीय भद्रभलादमहरुको उपस्थिती रहेको थियो ।