निःशुल्क आँखा शिविर सम्पन्न

13

संतोष रन्जितकार
वीरगंज, १३ मंसिर ।
वीरगंज महानगरपालिकाको वार्ड नं. २४ रामगढवा स्थित कुर्मी धर्मशालामा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका मेयर कल्याणकारी कोष र वीरगंज स्थित माट्रिका आई फाउन्डेसनको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।
उक्त शिविरको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नुभएको थियो ।
सो शिबिरमा १ सय ३१ जनाले आँखाको परिक्षण गराई शिविरको लाभ लिएका थिए भने ६७ जनामा मोतियाबिन्दु समेत फेला परेको मेयरका सल्लाहकार मुकेश द्विवेदीले जानकारी दिए । मोतियाबिन्दु फेला परेको मानिसहरुको शल्यक्रिया तिलगंगा आँखा अस्पतालबाट आएको डाक्टरको टोलीले मंसिर २८ गते माट्रिका आइ फाउन्डेसनमा गरिने द्विवेदीले बताए ।