नेपाल मेडिसिटि प्याब्सन टि –२० क्रिकेट प्रतियोगिता सम्पन्न, गौतम मावि बिजयी

19

संतोष रन्जितकार
वीरगंज, १३ मंसिर ।
नेपाल मेडिसिटि प्याब्सन टि –२० क्रिकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । सो खेलमा गौतम माविले जित हासिल गरेको हो ।
सो क्रिकेट प्रतियोगिता प्याबसन पर्साका अध्यक्ष डा.हरिशंकर साहको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रतियोगिताको प्रमुख अतिथी नेपाल मेडिसिटिका संस्थापक उपेन्द्र महतो र विशिष्ट अतिथीमा वीरगंज महानगरपालिका मेयर बिजय सरावगी रहेका थिए ।

वीरगंजको आदर्शनगर र·शालामा शुक्रबार भएको फाईनल खेलमा मनोकामना माविले पहिले ब्याटिंग गरेको थियो भने मनोकामना मा.वी.का टिमले सबै विकेट गुमाएर १८.३ ओभरमा ९२ रन जोडेका थिए ।
त्यसैगरी गौतम माविले १८ ओभरमै ९३ रन पुर्‍याई जित हासिल गरेको थियो । बिजेता खेलाडीहरुलाई कप ,शिल्ड, प्रशंसा–पत्र तथा एक–एक लाखको जिवन बिमा दिने नेपाल मेडिसिटिका संस्थापक अध्यक्ष उपेन्द्र महतोले घोषणा गर्नु भएको थियो । सो प्रतियोगितामा प्याब्सन अन्तर्गत रहेका ३४ वटा विधालयहरुको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा जिल्ला समन्वय समिती पर्साका नेक महम्मद, शिक्षा शाखाका अरबिन्दलाल कर्ण, न्यायिक शाखाका तुफेल अख्तर, प्याबसनका कोषाध्यक्ष सरोज प्रसाद चौधरी, नगर अध्यक्ष आलोक चौरसीया, मनोकामना मा.वी.का प्र.अ. पुरन प्रधान, समाजसेवी पशुपति बिक्रम शाह, उषा शाह, कमल चौगाई, उद्घोष हासिम अन्सारी लगायत संचारकर्मी, विद्यार्थीहरु र प्याब्सन अन्तर्गतका सम्पूर्ण विद्यालयहरुका प्रधानध्यापक प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।