उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरको बैठक सम्पन्न

उपभोक्ताको अधिकार, नीति कानून मापदण्ड र निर्देशिका निर्माणको माग

18

संतोष रन्जितकार
बीरगंज १४ मंसीर ।
उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीले उपभोक्ताको अधिकार तथा हित सम्बन्धी नीति कानून मापदण्ड तथा कार्यान्वयन निर्देशीका निर्माण गर्न बीरगंज महानगरपालिकासंग माँग गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले उपभोक्ता अधिकारको रक्षा र त्यसको प्रत्याभूतीको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । प्रदेश २ को एक मात्र महानगरमा प्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पुरा भईसक्दा पनि उपभोक्ता अधिकारको बिषयमा महानगर नेतृत्व जिम्मेवार नदेखिएको उपभोक्ता आन्दोलनका अगुवाहरुको टिप्पणी छ ।
वीरगंजको होटेल कुमु प्यालेसमा उपभोक्ता हित संरक्षण मञ्च वीरगंज नगर अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा र केन्द्रिय उपाध्यक्ष अजय अधिकारीको विशेष उपस्थितिमा नगर कमिटीको सम्पन्न बैठकमा अगुवाहरुले यस्तो टिप्पणी गरेका थिए ।
ऐनले बस्तु र सेवाको गुणस्तरीयताको नियमन र अनुगमन, मूल्यको प्रक्षेपण, हाट बजारको ब्यवस्था, उपभोक्ता सचेतना, बस्तु तथा सेवाको गुणस्तर परिक्षण, स्थानीय बजारको ब्यवस्थापन, खाद्य पदार्थको गुणस्तर नियन्त्रण लगायतका उपभोक्ताको दैनीक जीवनमा उपयोग हुने बिषयवस्तुको आपूर्तीको जिम्मेवारी स्थानीय तहमा छ ।
महानगरले जनउत्तरदायी काम नगरेको भन्दै उपभोक्ता अधिकार मंचले अब आन्दोलन समेत गर्ने मंचका महानगर अध्यक्ष अजित भूजेलले बताउनु भयो । बैठकले महानगरसंग उपभोक्ताका अधिकार प्रचलनमा ल्याउनका लागि काूनन नीति तथा मापदण्ड बनाउन माँग गर्ने निर्णय समेत गरेको थियो ।
त्यसैगरी बैठकले बीरगंजको श्रीसिया नदीलाई प्रदुषण मुक्त बनाउनकालागि अधिवक्ता सुरेन्द्र कुर्मीको अगुवाईमा संचालन भइरहेको श्रीसिया संरक्षण आन्दोलन, हाम्रो बीरगंज राम्रो बीरगंज अभियानले संचालन गरेको प्लाष्टिक झोला निषेधीत जस्ता अभियान प्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको थियो ।
बैठकले मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, धिरज शर्मा, प्रदेश अध्यक्ष के.सी.लामिछाने, उपाध्यक्ष दिनेशचन्द्र गिरी र कानूनी सल्लाहकार हरिकृष्ण अधिकारीलाई सम्मान समेत गरेको थियो ।
सो बैठकमा पर्सा जिल्ला कमिटी सदस्य ललन पटेल, नगर उपाध्यक्ष लक्ष्मी उप्रेती, सचीव प्रिति सिंह, कोषाध्यक्ष सन्तोषमान रन्जितकार, सदस्यहरु मन्सुर खान, शिव मंगल राय यादव, राजन श्रीवास्तव र साहेब प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो ।