लियो क्लब वीरगंजद्वारा निःशुल्क मधुमेह शिविरको आयोजना

5

संतोष रन्जितकार
वीरगंज, १४ मंसिर ।
लियो कल्ब अफ वीरगंज र लियो कल्ब निर्वानाको संयुक्त आयोजनामा शनिबार निःशुल्क मधुमेह चेकजाँच शिविर सम्पन्न भएको छ । लियो क्लब अफ वीरगंजकी अध्यक्ष भवानी सिग्देलको सभापतित्वमा वीरगंजस्थित गिता मन्दिर परिसरमा निःशुल्क मधुमेहको चेकजाँच गरिएको हो ।
सो शिविरमा महिला र पुरुष गरी ५० जनाभन्दा बढीले मधुमेहको चेकजाँच गराएका थिए भने सो चेकजाँच एक्जोलरी हेल्थ वर्कर अमन चौधरी र नारायणी अस्पतालका हृदय महतोको सहयोगमा गरिएको थियो । चेकजाँच गराउनेमा रोहित मितल, चन्द्र कुमार चौधरी, भगवत मण्डल, रेखा गौतम, रत्न कुमार दास, मिना थापा, देवीप्रसाद तिमिल्सिना लगायतले चेकजाँच गराई शिविरको लाभ लिएका थिए ।
सो कार्यक्रममा लियो कल्ब वीरगंजका सरिता खड्की, ऋषभ राज अग्रवाल, दीपेन्द्र यादव, विकाश यादव, अमन चौधरी लगायत स्थानीय भद्रभलाद्मीको उपस्थिति रहेको थियो ।