लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक प्रशिक्षण सम्पन्न

16

संतोष रन्जितकार
वीरगञ्ज, १४ मंसिर ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार वीरगंजको कन्चनजंगा सेकेन्ड्री बोर्डि· स्कुलमा लै·िक हिंसा सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो प्रशिक्षण कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा सम्पन्न भएको हो ।

सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सियाराम नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु रहनु भएको थियो । कार्यक्रममा लै·िक हिंसा बारे जिल्ला प्रहरी कार्यालय पर्साका (महिला सेल) प्रहरी सहायक निरिक्षक भरत ठाकुरले कक्षा ८ देखि १० सम्मका १५० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्त बुढाथोकी, स्कुलका निर्देशक मार्टिक मोक्तान, वडा नं. ५ का वडाअध्यक्ष प्रदिप चौरसिया, शिक्षक–शिक्षिका, सामुदायिकका इन्दिरा पोखरेल, सम्झना मल्ल, भवानी घिमिरे, उर्मिला प्रजापति, सामुदायिकका प्रहरी जवान कुमार विक लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सामुदायिकका सचिव श्रवण रायमाझीले गर्नुभएको थियो ।