सखुवा प्रसौनीमा ८२ दशमलव ६१ प्रतिशत मत खस्यो

21

संतोष रन्जितकार
वीरगंज, १४ मंसिर ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनको वडाध्यक्षको उपनिर्वाचन शनिबार कडा सुरक्षाको बिच शान्तिपूर्ण रुपले सम्पन्न भएको छ । श्री नेपाल राष्ट्रिय मा.वि. महुवन मतदान केन्द्रमा भएको मतदानमा कूल २ हजार ६०२ मतदाता रहेको सो क्षेत्रमा २ हजार १ सय २८ मत खसेको हो ।
महिला ९ सय १७ (८१.१६ प्रतिशत) र पुरुष १ हजार २ सय ११ (८१.७८ प्रतिशत) गरी जम्मा २ हजार १ सय २८ मत खसेको निर्वाचन अधिकृत रंजिता झाले बताइन । २ हजार ६ सय २ मतदाता मध्ये ८२ दशमलव ६१ प्रतिशत मतदान भएको र हाल मतपेटिका मतगणता केन्द्र औंराहा पाँचगावामा लग्ने कार्य भइरहेको र आज बेलुका ९ बजेबाट मतगणना शुरु गरिने पर्सा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
मतदान केन्द्रलाई जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तिन तहका सुरक्षा निकायले सुरक्षा दिएका थिए ।
मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा आम जनतालाई राखिएको थियो ।
वडाध्यक्षको लागि भइरहेको उपचुनावमा नेकपाबाट उदयशंकर, नेपाली कांग्रेसबाट अशेसर यादव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गोपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।