गढीमाई मेलामा आउने भक्तजनहरुलाई पानी वितरण

संतोष रन्जितकार
वीरगंज १६ मंसिर ।
वीरगंज महानगरपालिका वडा नं.९ रानिघाटका दिपेन्द्र साहले विश्व प्रसिद्ध पञ्चवर्षिय गढिमाइ मेलामा आउने भक्तजनहरुका लागि सोमबार १०१ कार्टुन पानी वितरण गरेका छन् ।
विश्व प्रसिद्ध गढिमाईमेला बाराको पावन भुमि बरियारपुरमा प्रत्येक पाँच बर्षमा मंसिर महिना भरी लाग्ने गर्दछ । मंसिर महिनामा लाग्ने यस मेलामा नेपाल, भारत लगायत अनेकौ देशबाट प्रत्येक दिन करिब ७० हजार भन्दा माथी दर्शनार्थी गढिमाइको दर्शन गर्न पुग्ने गर्दछन । मंदिरका मुल पुजारी मंगल चौधरीका अनुसार मंसिर १६ गते राती १२ बजे पछि नर बली स्वरुप तान्त्रिकले निधार, जिब्रो, कान र छातीबाट एक एक थोपा रगत चढाए पछि बत्ति आँफै प्रज्जवलित भई बिधिवत तरिकाले बलि कार्यक्रम हुने बताएका छन् ।
यसबर्ष लाग्ने मेलामा बर्षौ देखि समाजसेवा गर्दै आएका दिपेन्द्र साहले विश्व प्रशिद्ध गढिमाइ मेलामा आउने दर्शनार्थीको लागि सहयोगको लागि आफ्नै आम्दानी बाट १०१ कार्टुन पानी वितरण गरेका थिए ।

Get real time updates directly on you device, subscribe now.