गढीमाई मेलालाई मध्यनजर गरी रक्तदान कार्यत्रमको आयोजना

संतोष रन्जितकार
वीरगंज, १६ मंसिर ।
झोलेन्टियर समूह वीरगंजको समन्वयमा तथा एनिमल ईकुवालिटीको आयोजनामा सोमबार गढिमाइ मेलाको अवसरमा कलैयामा रक्तदान कार्यत्रमको आयोजना गरिएको छ ।

कलैया स्थित देवकी धर्मशालामा झएको रक्तदान कार्यत्रममा भोलेन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ, कमलेस कुशवाहा, दयाशंकर सरार्फ (राज), भगवती सिग्देल, सुजित फटेल गरि २ महिला सहित १७ जनाले रक्तदान गरेका थिए । रत्तदान कार्यक्रमको समन्यव एंव सहकार्य किसन सरार्फले गरेका थिए भने रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।
कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिंह, समाजसेवी सन्जय अग्रवाल, उमेश गुप्ता, मनिस यादव, राम रहिम संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.