गौतम मावि र माट्रीका आई फाउण्डेशनद्वारा चपुरमा निःशुल्क आँखा शिविर

11

संतोष रन्जितकार
वीरगंज, १५ मंसिर ।
गौतम मावि र माट्रीका आई फाण्डेशनको संयुक्त आयोजनामा निःशुल्क आंखा शिविर सम्पन्न भएको छ ।
गौतम स्कुलले पर्साको चन्द्रनिगाहपुर चन्द्र नगरपालिका वडा नं. २ मा रहेको श्री माईस्थान आधारभूत सामुदायिक विद्यालयको रंगरोगन तथा सजावट गरेको थियो भने माट्रीका आई फाउण्डेशनको सहयोगमा निःशुल्क आंखा शिविर सम्पन्न भएको थियो । गौतम मा.वि.का कार्यकारी निर्देशक सोनम लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि चन्द्र नगरपालिका वडा नं. २ को वडाअध्यक्ष दथ बहादुर थिङ रहनु भएको थियो ।
सो शिविर माट्रीका आई फाउण्डेशनको सहयोगमा निःशुल्क आंखाको चेकजाँच गर्नुको साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

गौतम माविका कक्षा ९ का १५० जना विद्यार्थीहरुले आफ्नो खाजाको पैसा जम्मा गरेर सो आधारभूत सामुदायिक विद्यालयका भवनहरुलाई रंगरोगन गर्नुको साथै सजावट समेत गरेका थिए ।

त्यसैगरी आंखा शिविरमा १५० जना भन्दा बढीले आफ्नो आंखाको चेकजांच गराई शिविरको लाभ लिएका थिए ।
शिविरमा आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापक रिता खरेल, गौतम स्कुलका रमेश शर्मा, गणेश क्षेत्री, ललित कर्ण, सौरज प्रधान, ममता श्रेष्ठ, माट्रीका आईफाउण्डेशनका डा. महेश सिंह धामी लगायत संचारकर्मी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।