जिल्ला प्रहरी कार्यालय पर्सामा प्राथमिक उपचार कक्षको स्थापना

संतोष रन्जितकार
बीरगंज १६ मंसीर ।
प्रभू अस्पताल संचालन भएको केही दिन मात्रै भएपनि अस्पतालले सामाजिक क्षेत्रमा महत्वपूर्ण उपस्थिती जनाइरहेको छ ।
प्रभु अस्पताल र माट्रीका आई फाउण्डेशनको संयुक्त सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा प्राथमिक उपचार कक्ष संचालनमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरु, त्यहा जाने सेवाग्राही र कार्यरत प्रहरी कर्मचारीहरुलाई सामान्य जाँचकालागि अस्पताल धाउनु नपर्ने अस्पतालका अध्यक्ष डा. मनोज गुप्ताले बताउनु भयो ।

प्रहरी कार्यालयमा प्राथमिक उपचार कक्ष र स्वास्थ्यकर्मीको उपलब्धता सृजनात्मक काम भएको नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले बताउनु भयो । वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले सोमबार सो प्राथमिक कक्षको शुभारम्भ गर्नुभएको थियो । नगरप्रमुख सरावगीले प्रभु अस्पतालले जिल्ला प्रहरी कार्यालय पर्सामा प्राथमिक उपचार कक्ष ल्याएर उदाहरणीय काम गरेको बताए ।
बीरगंज महानगरपालिका पनि यो कक्ष संचालनको अर्का साझेदार हो । उसले पनि एक जना स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ । उपचार कक्षमा सामान्य घाउहरुको ड्रेसीङ,रक्तचाप लगायतको जाँच सामान्य रुघाखोकीको निशुल्क औषधी उपलब्ध हुने डा.गुप्ताले जानकारी दिनु भयो ।

कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, सामाजिक अभियान्ता जसपाल सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, प्रेस संगठन नेपालका संयोजक निरज पिठाकोठे मगर लगायत स्थानीय बुद्धिजिवी व्यक्ति र प्रहरीहरुको सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.