तस्कर हरिनारायण द्वैध नागरिक भएको खुलासा

वीरगंज, १५ मंसिर ।
भारत बिहार बिधानसभा रक्सौल बिसुनपुरवा निवासी हरिनारायण प्रसाद झुठो विवरण पेश गरी नेपाली नागरिकता हासिल गरेर नेपालमा तस्करी धन्धाको माध्यमले अकुत सम्पति कमाएर अहिले पत्रकारहरुलाई स्थानीय नेता र प्रशासनको आडमा धम्क्याउने हैसियत बनाइसकेका छन् ।
वीरगंज भन्सार कार्यालय र अन्य नाकाबाट पटक–पटक तस्करी गरे वापत राज्यद्वारा दण्डित हरिनारायण प्रसाद नेपालमा बारा जिल्लाबाट हरिनारायण गुप्ताको नाउँबाट नेपाली नागरिकता हासिल गरेर त्यहाँबाट कागजी बसाई–सराई गराएर वीरगंज महानगरपालिका वडा नं. १० कभर्ड हलको मतदाता भएर नेपालमा मतदान गर्दै आएका छन् । हरिनारायणले तस्करी धन्धा मार्फत जसरी पैसा कमाउंदै गए त्यसरी नै उनको रवाफ बढ्दै गयो । स्थानीय प्रहरी प्रशासनलाई पैसाको आडमा खरिद गरेर आफ्नो निर्वाध धन्धा चलाउंदै आएका हरिनारायणलाई तत्कालिन प्रहरी उपरिक्षक दिवेश लोहनीले हतकडी लगाए । कानूनको कठघरामा उभ्याए । नेपालमा कानून नामको चिज छ भनी त्यस बखत बुझेका हरिनारायण ॅनेपाल मे गडबड होगा तो भारत चले जाएंगे’ भन्दै आफ्नो छरछिमेकमा भन्दै आएका थिए । हरिनारायणको नागरिकता सम्बन्धी जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा समेत रहेको तर पटक–पटक सरुवा भई आउने प्रजिअले उनलाई बोलाएर नजराना बुझि उन्मुक्ति दिंदै आएका छन् । यस पटक पर्सार्का प्रमुख जिल्ला अधिकारी वर्तमान प्रधानमन्त्री केपी ओली जस्तै राष्ट्रवादी प्रकृृतिको भएको बताइन्छ । तर हरिनारायण जस्तै नेपाल भारतका द्वैध नागरिकका मुद्दा उनको पालामा थुप्रै आएको भएतापनि उनको कार्यकालमा द्वैध नागरिक माथि कारवाही भएको जानकारी संचारमाध्यमलाई प्राप्त भएको छैन । हरिनारायण प्रसाद उर्फ गुप्ताको बारेमा यात्रा डेली र सहारा दैनिकले केही दिन अगाडी समाचार प्रकाशन गरेको थियो । यात्रा डेलीका संचालक राम सर्राफलाई हरिनारायणले यहाँ को भारतीय छैन Û म गर्वले भन्छु म दुवै देशमा भोट हाल्छु जसलाई जे उखाड्नु छ उखाडोस् । यहाँका स्थानीय प्रहरी प्रशासन संचारकर्मी सबैलाई चाहेको बेला सहयोग गर्दै आएको भन्दै पत्रकार सर्राफलाई आफ्नो छोराहरु पनि जवान भइसकेको र उनीहरुको जिउमा समेत तांतो रगत दौडिने भएकोले सचेत रहन धम्काएको पत्रकार सर्राफले अंकुशलाई बताए ।
हालै वीरगंज महानगरपालिकाका दुई जना निर्वाचित वडाअध्यक्षहरु नागरिकता मुद्दामा परेर आ–आफ्नो पद गुमाईसकेका छन् । अब प्रजिअ नारायण प्रसाद भट्टराईले हरिनारायण जस्ता द्वैध नागरिकमाथि कस्तो कारवाही गर्ने हुन् त्यो हेर्न बांकी छ ।

Get real time updates directly on you device, subscribe now.