नगरप्रमुख सरावगीद्धारा शौचालय निर्माण सामग्री वितरण

5

वीरगन्ज, १५ मंसिर ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले उदयपुर घुर्मीमा आइतबार शौचालय निर्माण सामग्री बितरण गर्नुभएको छ । नगरप्रमुख सरावगीले महानगरलाई पुर्णरुपमा स्वच्छ बनाउने अभियान अन्तर्गत वीरगंज महानगरपालिका वार्ड नम्बर २७ अन्तर्गत उदयपुर घुर्मीका दलित परिवारहरुलाई सो सामग्री बितरण गर्नु भएको हो । आर्थिक बिपन्नताका कारण शौचालय बनाउन नसकेका लगभग करिब १०० दलित परिवारलाई नगर प्रमुख सरावगीले नगर स्तरीय बजेटबाट शौचालयका सिट र रि· वितरण गर्नु भएको थियो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, वडा अध्यक्ष प्रदिप यादव, नगरप्रमुखका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, आरति यादव, ज्योति यादव, नगरपालीकाका सरसफाई शाखाका अधिकृत सुनिल श्रीबास्तव लयायत घुर्मीका स्थानीय समाजसेवी तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।