नेपाल बिधुत प्राधिकरणको लापरवाहीमा हेल्पर गम्भीर घाइते

सत्येन्द्र प्रताप सिंह
रौतहट, १५ मंसिर ।
रौतहटमा आइतबार बिहान ११ बजेको समयमा ११ हजार भोल्टमा काम गरिरहेका एक जना हेल्पर करेन्टको चपेटामा पर्दा गम्भीर घाइते भएका छन् ।
स्रोतका अनुसार ठेकेदार रामकृत भन्ने रामपृत साहले लाईन मर्मत कार्यको ठिक्का पट्टा लिएको र सोमा हेल्पर पदमा कार्यरत रहेका माधवनारायण नगरपालिका वडा नं ४ सखुअवा टोलका अन्दाजी ३० बर्षिय रामप्रवेश पासवानले फिल्डमा कार्य गरीरहेका बेला अचानक करेन्ट लाग्दा पासवान गम्भीर घाइते भएका हुन् । घाइते पासवानको बायाँ तिघ्रा काटिएको र दाहिना खुट्टा तथा अनुहार लगायत दाहिने कुम्ह पुर्ण रुपले डढिएकोमा घाइतेलाई समान्य उपचार पछि थप उपचारका लागि वीरगंज रेफर गरिएको थियो भने गम्भीर घाइते भएका पासवानको आर्थिक स्थिति कमजोर रहेको उपचारमा खर्च तथा परिवार चलाउन कसले हेर्ने पिडित पक्षले गुनासो पोखरेका छन् ।

Get real time updates directly on you device, subscribe now.