मोटरसाइकल दुर्घटनामा पैदलयात्री घाइते

सत्येन्द्र प्रताप सिंह
रौतहट, १५ मंसिर ।
गौर चपुर सडकमा पर्ने सिसवा तारा पेट्रोल पम्प स्थित आइतबार दिउँसो १२.३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रु घाइते भएका छन् । चपुरतर्फबाट गौर आउदै गरेका बि आर ०५ भि ५५०० नम्बरको मोटरसाइकल चालक देवाहीगोनाही नगरपालिका वडा नं ८ गोनाही टोलका २१ बर्षिय कमलेश पटेलले ३ जना सवार भई गौर आउदै गरेको क्रममा गौर नगरपालिकाको वडा नं ७ सिसवा टोल स्थित अनियन्त्रित भई ठक्कर दिँदा गौर नगरपालिका वडा नं ७ सिसवा का ३५ बर्षिय कृष्णा ठाकुर लोहार घाइते भएका हुन् भने मोटरसाईकलमा सवार चालकका ६९ बर्षिय बुवा जवाहिर पटेल तथा हजुर आमा ६० बर्षिय फूलमतीया देवी घाइते भएका छन् । केही मध्यम खालको चोटपटक लागेकोलाई वीरगंज रेफर गरिएको छ । चालक पटेल समान्य घाइते भई उपचारको लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय गौरमा अनुसन्धानको क्रममा राखिएको छ ।

Get real time updates directly on you device, subscribe now.