लियो क्लब अफ वीरगंजले विश्व एड्स दिवस मनायो

20

संतोष रन्जितकार
वीरगंज, १५ मंसिर ।
हरेक बर्ष झै यस वर्ष पनि वीरगंजमा बिश्व एड्स दिवस धुमधामका साथ मनाइएको छ । लियो क्लब अफ वीरगंजको आयोजनामा माईस्थान पार्कमा एचआईभी संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा क्यान्डल बालेर सामुहिक रूफमा श्रद्धाञ्जली व्यक्त गर्दै विश्व एड्स दिवस मनाइएको थियो ।
कार्यत्रममा माईस्थान रेड्क्रस उपशाखाका सभापति मदन गुप्ता र ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अरबिन्द सिंहले रगतको असुरक्षित प्रयोग, एचआईभी संक्रमण झएका व्यक्तिको रगत अर्का व्यत्तिलाई दिदा पनि सर्ने, असुरक्षित यौन सम्पर्क, सिरिन्जको प्रयोगले गर्दा पनि एड्स लाग्ने भएकोले आउने दिनमा यसबाट बच्नको लागी हामिले सचेतना चलाउने अभियान तर्फ लाग्नु पर्ने बताउनु भएको थियो । लियो क्लब अफ वीरगंजका सभापती भगवती सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा लियो रिषभ राज अग्रवाल, लियो अमन चौधरी, लियो बिकेश यादव, लियो साहिद नवाज, करण यादव, लायन्स पर्साका सल्लाहकार उमेश साह कानु लगायत स्थानीय बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भोलेन्टरका संयोजक एवं नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले गर्नु भएको थियो ।