गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो, मेलामा १५ हजार भन्दा बढी रांगाको बलि चढाइयो

बारा, १७ मंसिर ।
बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी म·ल चौधरीले बताउनुभयो ।
मेलामा आउने करीब नौ बाटामा गाडी र पैदल हिँड्ने झतजनको उत्तिकै भीड रहेको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको पतरहटीका सन्तोष यादवले जानकारी दिनुभयो । भारतको दिल्ली, मुम्बई, कोलकता, पटना, मोतिहारी, दरभ·ा, सितामढी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका ब·लादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो । दर्शनका लागि खासै राम्रो प्रबन्ध नमिलाइएको तथा पानीको धेरै नै समस्या रहेको भारत मोतहारीका अच्छेलाल सहनीले बताउनुभयो ।

यसैबीच सोमबार राति साढे १ः०० बजे तािन्त्रक विधिबाट पूजापाठ गर्न शुरु गरेपछि साढे ३ः०० बजे करीब दुई घण्टामा ब्रम्हस्थानमा दीप प्रज्वलित भएपछि सेतो मुसा, परेवा, हाँस, सुंगुर र राँगाको पञ्चवली दिएपश्चात मान्छेको शरीरको ४ अंगबाट रगत चढाइ सक्नुकासाथै अन्यविधि गरेसकेपछि आज ७ः१५ बजेदेखि बलि शुरु गरिएको पूजारी चौधरीले बताउनुभयो । करीब पन्ध्र हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ ।
त्यसैगरी बधशालामा भएका राँगालाई मार हान्न खटिएका व्यक्तिहरुलाई प्रशासनले लाइसेन्स दिने गरेको छ । तर यस वर्ष सर्वोच्च अदालतको आदेशका कारण मेला व्यवस्थापन समिति र गृह प्रशासनले मार हान्ने व्यक्तिहरुलाई लाइसेन्स उपलब्ध गराउन नसकेको मेला व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहले जानकारी दिए ।
मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताउनुभयो ।
मेलामा सामान बेच्नेले मनपरी रकम असुलिरहेका तथा पाकेटमारले मोबाइल, सुन–चाँदीका गहना, नगदसमेत चोर्ने गरेका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताउनुभयो । यसैबीच मन्दिरका पूजारी म·ल चौधरीले बोका बलि बुधबार बिहान ४ः०० बजेदेखि बलि शुरु हुने पूजारी चौधरीले जानकारी दिनुभयो ।

Get real time updates directly on you device, subscribe now.