लियो क्लब वीरगंजद्वारा सुस्तमनस्थितीहरुलाई शैक्षिक सामग्री वितरण

संतोष रन्जितकार
वीरगंज, १७ मंसिर ।
विश्व अपा· दिवसको अवसर पारेर लियो क्लब अफ वीरगंजले मंगलबार शैक्षिक सामग्री वितरण गरेको छ । वीरगंजस्थित आशा किरण केन्द्रमा रहेका सुस्तमनस्थितीका बच्चाहरुलाई शैक्षिक सामाग्री र बिस्कुट, चाउचाउ इत्यादि सामाग्रीहरु वितरण गरेको हो ।
लियो क्लब अफ वीरगंजका अध्यक्ष भगवती सिग्देलको अध्यक्षतामा सो सामग्रीहरु आशा किरण केन्द्रका सचिवलाई हस्तारन्तरण गरिएको थियो । कार्यक्रममा मानव सेवा आश्रमका संयोजक देबेस गुप्ता, लियो क्लबका सरिता खडकी, रिशभ अग्रवाल, समाजसेवी सन्जय अग्रवाल, लक्षमण थापा, दिब्या गिरि, सिन्धु कुशवाहा, बालबालिकाका परिवार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समन्वय आशा किरण केन्द्रका महासचिव ममता राजकर्निकारले गरेकी थिइन्् ।

Get real time updates directly on you device, subscribe now.