निःशुल्क आँखा शिविर सम्पन्न

संतोष रन्जितकार
वीरगंज, १८ मंसिर ।
पर्साको पर्सागढि नगरपालिका वडा नं. ४ बार्वाछतैलीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगंज महानगरको मेयर कल्याणकारी कोष अन्तर्गत माट्रिका आई फाउन्डेसनले निःशुल्क आँखा शिबिरको आयोजना गरेको हो ।
श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बर्वाछतैलीमा भएको शिबीरमा ३ सय २९ जनाले आँखाको परिक्षण गराएको मेयरका राजनीतिक सलाहकार मुकेश द्विवेदिले बताए । जसमध्ये १ सय ६० जनामा मोतियाबिन्दु फेला परेको थियो ।
शिबिरमा मोतियाबिन्दु फेला परेकाहरुको शल्यक्रिया मंसिर २८ गते वीरगंजमा माट्रिका आई फाउन्डेसनमा र तिलगंगा आँखा अस्पतालबाट आएको डाक्टरको टोलिबाट गरिने माट्रिका आइ फाउण्डेशनले जनाएको छ ।
सो शिबिरको उदघाटन नगर प्रमुख बिजय सरावगीले गर्नु भएको थियो । समाजवादी पार्टीका नगर अध्यक्ष खुर्सेद आलमको अध्यक्षतामा भएको शिबिरमा समाजवादी पार्टीका केन्द्रीय सदस्य शसिकपुर मियाँ, बृजमोहन चौधरी, जिल्ला अध्यक्ष रामनरेश यादव, पिन्टु उपाध्याय लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.