मियाँ ज्यान मार्ने उद्देश्यले घरमा पसेको र प्रहरीले गलत कार्य गर्नेलाई प्रश्रय दिएको मलाहिनको आरोप

संतोष रन्जितकार
वीरगंज, १८ मंसिर ।
पर्साको जगरनाथपुर गाउँपालिका पिपलडारीका पिडित रामरत मलाहिनले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् ।
मलाहिनले पत्रकार महासंघ पर्साका सभाहलमा बोल्दै आफुले न्याय नपाएकोमा बाध्य भएर सञ्चार माध्यमको बाटो अपनाउनु परेको बताइन् । उनले यहि मङ्सिर ११ गते बुधबार रातिको करिब १२ बजेको समयमा म मेरो छोरा, बुहारी र नातिनी सबै सुतेको बेला जगरनाथपुर वडा नं. ४ घर भएको अध्यक्ष जालिम मियाको ड्राइभर अतिकरिम मियाँ मेरो घरमा पसेको र कोहो तेरो घर कहा छ भन्दा त चुप लाग भनेर झपारेका थिए । मलाहिनले घटनाक्रममै होहल्ला गरेपछि मियाँ भाग्न खोज्दा गाउघरका मानिसहरु उठेर समाती सेढुवा थाना चौकीमा लगेर बुझाएका थिए । भोलीपल्ट मलाहिनले उजुरी लिएर जाँदा प्रहरीले निज अतिकरिम मियालाई छोडिएको भन्ने थाहा पाउदा म पीडितलाई थाहा नदिई वा सरसल्लाह नै नगरी न्याय नै नदिलाई मुखिया जालिम मियाले छोडाएर लगेका थिए । मलाहिनले मेरो श्रीमान बाहिर, दुई अरु छोराहरु पनि बाहिर भएकोले म एक्लो महिला ईज्जत् जाने डरले तथा चोरी डकैत गर्ने र ज्यानमार्ने समेतको उद्देश्यले आएको हुन सक्ने भएकोले त्यस्ता व्यक्तिलाई समाजमा उभिएर माफि माग्नु पर्नेमा उल्टै उसलाई छाडेर कानुनको खिल्ली उडाएको र गलत कार्य गर्नेलाई प्रश्रय दिएको समेत मलाहिनले आरोप लगाएकी थिइन् । उनले सम्बन्धित निकायलाई जानकारी गराउन तथा गलत कार्य गर्नेलाई कारवाही गर्न यो पत्रकार सम्मेलनको आयोजना गरेको र संम्बन्धित निकायसंग आफुले न्याय पाउने आशा समेत राखेकी छिन् । पत्रकार सम्मेलनमा जलेसिया देबि, फुलमति देबि लगायत ६ जना महिलाको सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.