गापा अध्यक्षद्वारा वडाअध्यक्ष चौधरीलाई शपथ ग्रहण

4

कलैया, १९ मंसिर ।
बारा जिल्लाको बारागढी गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष सुरेश प्रसाद चौधरीलाई बिहिबार एक कार्यक्रमका बीच पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । गाउँपालिकाका अध्यक्ष देवदत बछाडले नवनिर्वाचित वडा अध्यक्ष सुरेश चौधरीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । आफु जुनपनी पार्टीबाट निर्वाचित भएपनि वडाबासीलाई आफुले कुनै पक्षपात नगरी सबैको भलो हुने काम गर्ने उनले बताए । शपथ ग्रहण कार्यक्रममा रामबाबुर साह, ज्योती साह, सुखल चौधरी, अशोक साह, विजय साह लगायत विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरीले गरेका थिए ।