ग्रिनसिटी सामुदायिकद्वारा प्रजिअ भट्टराईलाई सम्मान एवम् बिदाई

11

संतोष रन्जितकार
वीरगंज, १९ मंसिर ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सम्मान एवम् बिदाई गरेको छ ।
पर्साबाट सरुवा भएर चितवन जानुभएका भट्टराईले वीरगंज बसाईको क्रममा वीरगंजको बिकास लगायत अन्य क्षेत्रमा खेलेको अहम भुमिकाको उच्च मुल्यांकन गर्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजका अध्यक्ष जयप्रकाश खेतानद्वारा आज दोसल्ला ओढाई तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराइले वीरगंज बासीले दिएको माया र वीरगंजको बसाई आफु जहाँ गएपनि स्मरण रहीरहने बताउनुभयो । साथै आफु जहाँ गएपनि वीरगंजको बिकासको निम्ति कटिबद्ध रहेको बताउनुभयो ।
वीरगंज ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु लगायतको उपस्थिती रहेको थियो ।