जीपी कोइराला फाउण्डेशनको कार्यसमिति विस्तार

9

संतोष रन्जितकार
वीरगंज, २० मंसिर ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला नाममा स्थापित जीपी कोइराला फाउण्डेशन फर्साले शुक्रबार जिल्ला कार्यसमिति विस्तार गरेको छ । जिल्ला कार्यसमितिको बसेको बैठकले नगर वडा कार्यसमिति तथा जिल्ला कार्यसमितिको रित्त पदको चयन गरेको हो ।

जीपी फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय जिल्ला कार्यसमितिमा ३ जना र वीरगंज महानगरको नगर अध्यक्ष चयन गरेको छ । जीपी कोईराला फाउण्डेशन जिल्ला कार्यसमितिमा ठाकुर राम बहुमुखी क्यामपसका शिक्षण सहायक सन्तोष सिंह, बाबुनन्दप्रसाद पटेल, मुकेश रौनियार रहेका छन भने महानगरको नगर संयोजकमा आकाश चौहानलाई चयन गरिएको जीपी कोइराला फाउण्डेशनका जिल्ला कोषाध्यक्ष मनोहर साहले जानकारी दिए ।
बैठकमा वीरगञ्ज महानगरसंगै जिल्लाभरी नै फाऊण्डेशनको कार्यसमितिको बिस्तार गर्ने साथै मसिंर २७ गते विहान ८ बजे देखि वीरगंजको घण्टाघरमा खुल्ला रक्तदानको कार्यत्रमको आयोजना गरिने फाउण्डेशनले जनाएको छ ।
सो पदस्थापन कार्यक्रम फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न भएको थियो ।