बारा प्रहरीद्वारा गढीमाई मेलाबाट पाकेटमार पक्राउ

19

बारा, १९ मंसिर ।
बाराको बरियारपुरमा लागेको गढीमाई मेलामा हालसम्म प्रहरीले २५० जना पाकेटमार तथा सार्वजनिक अपराध गर्नेलाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ३७ जनामाथि सार्वजनिक मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताए ।
मेला शुरू भएदेखि मङ्सिर १८ गतेसम्म विभिन्न घटनामा बारा प्रहरीले छानबीन गर्दै २५० जनालाई पक्राउ गरेकामा अधिकांश अभियुक्त भारतीय महिला रहेको बारा प्रहरीले जनाएको छ । मेलामा गरगहना, मोबाइल, नगद तथा सामान चोरी बढी भएको छ भने रक्सी खाएर मेलामा वातावरण खल्बल्याउने तथा झैं–झगडा गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।