भोलेन्टियरद्वारा प्रजिअ भट्टराईको बिदाई

56

वीरगंज, १९ मंसिर ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा भोलेन्टीयर समूहको आयोजनामा स्वयंसेवक भेला सम्मान तथा पर्सा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको बिदाई कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न गरिएको छ ।

सो कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले नगरको विकासको निम्ति आफुले चाहेजति गर्न नसकेको भन्दै आगामी दिनहरुमा स्वयंसेवक साथीहरुको सहयोगबाट नगरको विकासको निम्ति लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पर्सा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको सरुवा चितवन जिल्लामा भएकोले वहाँलाई मायाको चिनो प्रदान गरी आउने कार्यकाल वहाँको सफल रहोस् भनी सहभागि वक्ताहरुले शुभकामना दिएका थिए ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले प्रजिअ भट्टराई पर्सा रहँदाको अवधिमा उनको कार्यकाललाई राम्रो भन्न नमिलेपनि नराम्रो भन्न नमिल्ने बताउनु भयो ।

कार्यक्रममा भोलेन्टियर समूहका सदस्यहरुलाई समेत सम्मान गरी प्रमाण–पत्र वितरण गरिएको थियो ।
भोलेन्टियर समूहका राजन श्रीवास्त्वको अध्यक्षतामा भएको कार्यक्रममा ग्रीन सिटी सामुदायिकका जयप्रकाश खेतान, सामाजिक अभियन्ता प्रकाश थारु, भिजिट मधेशका ओमप्रकाश सर्राफ, मानव सेवाका दिवेश गुप्ता, विद्यार्थी नेता प्रभाकर गुप्ता लगायतको उपस्थिती रहेको थियो ।