रघुनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, मेयर सरावगीद्वारा उद्घाटन

18

वीरगन्ज, २० मंसिर ।
पर्साको पर्सागढी नगरपालिका वडा नं. ७ रघुनाथपुरमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सो शिविर वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र माट्रीका आई फाउण्डेशनको सहयोगमा संचालन गरिएको हो । पर्सागढी नगरपालिकाको वडा नं. ७ रघुनाथपुरस्थित जयराजपुर स्कुलमा आयोजित शिविरको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन गर्नुभएको थियो ।
मेयर कल्याणकारी कोषद्धारा यो छैठौ शिविरको आयोजना गरिएको थियो । ऊक्त शिबीरमा आयोजित कार्यत्रममा समाजबादी पार्टीका जिल्ला संयोजक रामनरेश यादव, मेयरका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, पर्सागढी वडा नम्बर ७ का वडाअध्यक्ष रामजी साह तेली, पर्सागढि नगरपालिकाका समाजबादी पार्टीका नगरअध्यक्ष खुर्शेद आलम, स्थानिय नेता बृजमोहन चौधरी, बहुदरमाइ समाजबादी पार्टी नगर अध्यक्ष सिङघासन साह तेली, युवा नेता पिन्टु उपाध्याय लगायतल नेता कर्याकर्ताहरुको उपस्थिति रहेको थियो । शिविरमा स्थानीयहरुले आफ्नो आँखा चेकजाँच गराई लाभ लिएका थिए भने सो चेकजाँच माट्रिका आई फाउन्डेसनका डा. महेश सिंह धामीले गर्नु भएको थियो ।
उक्त शिविरमा मोतियाबिन्दु फेला परेका रोगीहरुको मंसिर २९ गते वीरगंज स्थित माट्रिका आई फाउण्डेसनमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिले शल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।