वरिष्ठ पत्रकार अमात्यको निधन

6

वीरगंज, २० मंसिर ।
चर्चित गायकार एवं कलाकार सञ्जु अमात्यका पिता एवं पर्सा जिल्लाबाट प्रकाशित हुने पहिलो साप्ताहिक पत्रिका अचेल साप्ताहिकका सम्पादक श्रीकृष्ण अमात्यको निधन भएको छ ।
तत्कालिन नेपाल पत्रकार संघका महासचिव समेत रहेका अमात्य कुशल संगठक एवं जनअधिकार प्राप्तिको निम्ति प्रजातान्त्रिक विचारधारालाई आत्मसात गरेर पर्सा जिल्लालाई कर्मथलोको रुपमा प्रयोग गर्दै प्रजातन्त्रको पुर्नवहालीसम्म लडाई लड्नुभयो । आफुसंग फरक विचार भएका व्यक्तिहरुलाई पनि समेटन सक्ने खुबी भएका पत्रकार अमात्यको निधनको खबरले आफु अत्यन्त दुःखि भएको वरिष्ठ पत्रकार हरिहर विरहीले बताउनु भएको छ । ८६ वर्षीय पत्रकार अमात्यको मृत्यु हृदयघातको कारणले बिहिबार काठमाण्डौंमा भएको बताइन्छ । शुक्रबार वहाँको अन्तेष्टी पशुपति आर्यघाटमा गरिएको छ ।
अंकुश परिवार वहाँको दुःखद निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।