सामाजिक संजालको प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ

36

संतोष रन्जितकार
बारा, २० मंसिर ।
समाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका–८ बस्ने मुकेश साह तेलीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
तेलीले बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ की एक महिलालाई उक्त समाजिक संजाल मार्फत २५ लाख रुपैयाँ लट्रि चिठ्ठा परेको र सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नुपर्छ भनि प्रलोभनमा पारी पटक–पटक उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको थियो । तेलीमाथि ठगी मुद्दा दर्ता गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।