गढीमाई मेला शान्तिपूर्ण तरिकाले सम्पन्न भयो ः आइजीपी खनाल

8

बारा, २१ मंसिर ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सबै पक्षको सहयोगले गढीमाई मेला शन्तिपूर्ण तरिकाले सम्पन्न हुन लागेको बताएका छन् । बारा बरियारपुरस्थित गढिमाई मेलाको दर्शन पश्चात आइजीपी खनालले मेला बिगतको भन्दा शान्तिपूर्ण रहेको बताएका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, मेला समिती, जनप्रतिनिधि सबैको सहयोग र सक्रियताले गत मङ्सिर १ गतेदेखि सुरु भएको मेलामा हालसम्म ४० लाखभन्दा बढीले दर्शन गरिसकेको भएपनि मेलामा कुनै अप्रिय घटना नभएको आईजीपी खनालले बताए । गढिमाई मेला मङ्सिर महिनाभरी रहने गर्द्छ तर गत सोमबार, मङगलवार, बुधबार बलि चढइने भएको हुंदा सबैभन्दा बढी भिड रहेको थियो । हाल दैनिक २० हजारभन्दा बढी भक्तजनले दर्शन गरिरहेका छन् ।
मेलामा सुरक्षाको निमित्त करिब एक हजार नेपाल नेपाल प्रहरी र सोही हाराहारीमा सशस्त्र प्रहरी खटेको बारा प्रहरी प्रवक्ता डिएसपी रन्जित सिंह राठौरले बताए ।