जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न

4

संतोष रन्जितकार
वीरगंज, २१ मंसिर ।
आरके क्रिएटिभ इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा शनिबार जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न भएको छ ।
वीरगंजको जिवनज्योति स्कुलको सभाहलमा सम्पन्न अडिशनमा ३० जनाले सहभागिता जनाएका थिए । जसमध्ये अर्को चरणको लागि ८ जना छनौट भएको आयोजकका अमित सर्राफले जानकारी दिनुभयो ।

वीरगंज तथा यस आसपासमा लुकेर रहेका स्थानिय कला प्रतिभालाई जगेर्ना गर्ने तथा संगित प्रति रुचि भएकाहरुलाई अवसर प्रदान गर्ने अभिप्रायले यसअघिका ३ वटा सिजनको सफलता सँगै सिजन फोरको आयोजना गरिएको कम्पनिका कार्यकारी निर्देशक रायन कायस्थले बताउनुभयो ।
त्यसैगरी यही मंसिर २८ गते अर्को अडिशन हुने आयोजकका राजन गुप्ताले बताउनुभयो । आज र अर्को साता हुने अडिशनमा छनौट भएकाहरुलाई गायनकला तथा प्राविधिक कुराहरुको प्रशिक्षण दिने आयोजकले जनाएको छ । अडिशनमा गायक मन्दिप खड्का, निखिल गुप्ता, गौरव वर्मा, सुर्य नारायण बिक र राजन कुमार ठाकुरले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।