महिला बलात्कारको आरोपमा डाक्टर सिंह पक्राउ

18

सत्येन्द्र प्रताप सिंह
गौर, २२ मंसिर ।
रौतहट प्रहरीले बलात्कारको आरोपमा एक जन स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नं ४ मा रहेको हेल्थ पोस्टका प्रमुख ४५ बर्षिय अहेब सुधिर कुमार सिंहलाई बलात्कारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो ।
चितवन घर भएकी ३० बर्षिया नाम परिवर्तित मायाले दिएको उजुरीको आधारमा सिंहलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता कार्कीले बताए । सिंहलाई जबरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान भइरहेको र पीडित मायाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको थियो । प्रहरीले सिंहलाई शुक्रबार साँझ गौरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार गत मंसिर १८ गते गोरखा गौर रुटमा चल्ने सुवेदि मिनी डिलक्सबाट रौतहटको चन्द्रनिगाहपुर आएकी मायालाई सोही गाडीका सहचालक अविनाश कार्कीले गौर घुम्न जाने भन्दै सोही गाडीमा गौर ल्याएर छाडेका थिए ।
प्रहरीले अनुसन्धानका लागी सहचालक कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । माया केहीबेर गौर घुमेर सांझ घर फर्कने गौर बसपार्क आउने क्रममा ति मायालाई लिफ्ट दिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएर सिंहले १० किमि उत्तरमा रहेका सरुअठा हेल्थपोष्टमा लगी चरम यातना दिंदै बलात्कार गरेको पिडित मायाले बयान दिएकी प्रहरीले जनाएका छन् ।
मायाले दिएकी बयानको आधारमा सिंहले गौर बसपार्क मोटरसाइकल नरोकेपछि सोधखोज गर्दा आफु पनि चन्द्रनिगाहपुर जान लागेको र चन्द्रनिगाहपुरबाटै चितवनको गाडी चढाई दिने भनेर सरुअठा स्थित हेल्थपोष्टमा रातभरी थुनेर बलात्कार गरेको आरोप लगाएकी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताएका छन् ।