मेयर कल्याणकारी कोषद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

10

संतोष रन्जितकार
वीरगंज, २२ मंसिर ।
मेयर कल्याणकारी कोषद्धारा आइतबार छपकैयामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र माट्रिका आइ फाउण्डेशनको सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयामा रहेको पंडित रामदेनी तिवारी स्कुल परिसरमा सो शिविरको आयोजना गरिएको हो । उक्त शिविरको वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन गर्नु भएका थिए । शिविरमा २०२ जनाले आफ्नो आँखाको चेकजाँच गराएका थिए भने ५१ जनामा मोतियाबिन्दु समेत फेला परेको थियो ।

नगरप्रमुख सरावगीले मोतीयाबिन्दु फेला परेकाहरुको माट्रिका आई फाउण्डेशनमा मंसिर २७ गते देखि पुष ३ गते सम्म निःशुल्क शल्यक्रिया गरिने बताएका थिए । वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको शिविरमा माट्रिका आई फाउण्डेशनका डा. महेश सिंह धामीले आँखाको परिक्षण गरेका थिए ।
शिबिरमा राजनितिक सल्लाहकार मुकेश द्विवेदी, दिनेश साह, वडा न ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार, पंडित रामदेनी तिवारी स्कुलका प्रशिक्षक लगायत वडाका सदस्य तथा विभिन्न दलका स्थानिय नेता कार्यकर्तार स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।