राइनो युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित ६७ जनाद्वारा रक्तदान

नेपाल रेडक्रस सोसाइटी पर्साको ५५ औं स्थापना दिवस भव्य रुपमा मनाइयो

15

संतोष रन्जितकार
वीरगंज, २१ मंसिर ।
राइनो युवा क्लबले आयोजना गरेको रक्तदान कार्यत्रममा २ महिला सहित ६७ जना रक्तदान गरेका छन् । नेपाली कांग्रेस र वीरगंज महानगरपालिकाको सहयोगमा वीरगंजको रेल्वे रोडस्थित राक्री कालिन स्कुलमा सो रत्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति बिजय सरार्फको अध्यक्षता र नेपाली कांग्रेस पर्सका सभापति अजय द्विवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सांसद अनिल रु·टा, नेपाली कांग्रेसका नेता जनार्धन सिंह क्षेत्री, पर्साका सचिव श्याम पटेल, युवा नेता नविन सिंह, राकेश यादव, बद्रीनाथ तिवारी, रबिन्द्र ठाकुर, आयोजक क्लबका अध्यक्ष राम प्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी पर्साको ५५ औं स्थापना दिवसको अवसरमा झन्डोतोलन, रक्तदान, शुभकामना आदानप्रदान सहित दिपप्रजवलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेलको सभापतित्वमा संचालित सो कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद मियाँले रेडक्रसको झन्डा झन्डोतोलन गरि रेडक्रसको जन्मदाता जा हेनरी ड्युनाको तस्बिरमा फुलमाला अर्पण गरि पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेल लगायत सम्पुर्ण कार्यसमिती सदस्यलाई शुभकामना व्यक्त गर्नुझएको थियो ।

यसैबीच ५५ औ दिवसको अवसरमा केक काटेर रक्तदान कार्यत्रमको शुभारम्झ गरिएको थियो । रक्तदान कार्यत्रममा सभापति बिरेन्द्र राज कंडेल र मन्क्री शैलेन्द्र कुमार चौरसियालाई रत्तदान गर्ने ब्यागलाई फुलमहमम्द मियाँले हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।
ऊक्त रत्तदान कार्यक्रममा बिरेन्द्र राज कंडेल, शैलेन्द्र कुमार चौरसिया, सिवानी श्रेष्ठ, राजिव गुप्ता, राजु स्वर्णकार, ग·ा भट्टराई, आस्था तामाङ, असलोक सिंह लगायत ५ महिला सहित २१ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र कुमार चौरासीयाले संचालन गर्नु भएको कार्यक्रममा शाखा उपसभापति मधु राणा, उपमन्त्री सावीर अहम्मद एराज, दयाशंकर सिंह, दिनानाथ रौनियार, सन्तोष गुप्ता, बिना चौलागाईं, बबिता गुप्ता, मम्ताज मिया, लक्ष्मिनारायण राउत लगायतको उपस्थिति रहेको थियो भने रक्तसञ्चार केन्द्रका प्राबिधिक डिलमायाको टोलिले प्राबिधिक सहयोग उपलब्ध गराएका थिए । सोही दिवसको अवसरमा साँझ दिपप्रज्वलन समेत गरिएको राजन श्रीवास्तवले जानकारी गराएका थिए ।