साइबर क्राईम तथा स्मरण शक्ति सम्बन्धि प्रशिक्षण

14

संतोष रन्जितकार
वीरगंज, २२ मंसिर ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा वडा फ्रहरी कार्यालय बिर्ता र वीरगंज युवा समाजको संयुक्त आयोजनामा साईबर त्राईम तथा स्मरण शक्ती सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगर पालिका वडा न. ४ स्थित बिरगंज नर्सिङ क्याम्पसमा भएको कार्यक्रमको सभापतित्व क्याम्पसका प्रधानाध्यापक सुर्या कोईरालाले र वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको प्रमुख आतिथ्यमा झएको थियो ।
कार्यक्रममा साईबर त्राइमबारे वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले र स्मरण शक्ती सम्बन्धि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका डा. नारायण प्रसाद आचार्यले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा २५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । सो प्रशिक्षण कार्यक्रममा डा. दिप्ति यादव, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का सदस्य जगत राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका कार्य वाहक अध्यक्ष अजित कुमार भुजेल, सन्चारकर्मी मन्सुर खान, वीरगंज युवा समाजका पदाधिकारीहरु, वीरगंज नर्सिङ क्याम्पसका पदाधिकारीहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगंज युवा समाजका सचिव हेमन्त तामाङले गर्नु भएको थियो ।